आइएमई लुटेरामाथि अनुसन्धान सुरु, ३ अझै फरार

ताप्लेजुङ | असोज १८, २०७९

आइएमई लुटेरामाथि अनुसन्धान सुरु, ३ अझै फरार

ताप्लेजुङः  ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा एक आईएमईमा लुटपाट मच्चाउनेमाथि प्रहरीले अनुसन्धान सुरु गरेको छ । आईएमईमा लुटपाट मच्चाउने समूहमध्येका शंकास्पद एकजनालाई पक्राउ गरी प्रहरीले अनुसन्धान सुरु गरेको हो ।

 

सदरमुकाम फुङ्लिङको मुख्यबजार वीरेन्द्रचौकस्थित कञ्चन आईएमई सेन्टरमा सोमबार बिहान चारजनाको लुटेरा समूहले लुटपाट मच्चाएका थिए ।

 

लुटपाटमा सम्लग्नमध्ये एकजनालाई सोही दिन दिउँसो फुङ्लिङ बजार नजिकैबाट लुटिएको नगद र गरगहानासहित पक्राउ गरी अनुसन्धान सुरु गरिएको ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक कैलाश राईले जानकारी दिनुभयो ।

 

प्रनाउ राईका अनुसार पक्राउ परेका व्यक्तिबाट करिव छ लाख रुपियाँ नगद र केही सुनका गरगहाना बरामद भएको छ । 

 

घटनामा सम्लग्न अन्यको खोजी कार्य तीब्र भइरहेको प्रनाउ राईले जानकारी दिनुभयो । उहाँका अनुसार जाकट (बन्दक) राखेको सुनको गहाना उकास्ने बहानामा आईएमई सेन्टरभित्र प्रवेश गरी चारजनाको सूमहले आईएमईका कर्मचारीलाई नियन्त्रणमा लिई नगद र गरगहाना लुटेका थिए ।

 

आईएमईमा रहेको करिव ११ लाख रुपियाँ नगदसहित डेढ किलोग्रामभन्दा बढी गरगहना लुटिएको बताइएको छ । 

 

आईएमई सञ्चालक अमरकुमार श्रेष्ठ र उहाँकी श्रीमती मैया श्रेष्ठ हाल अस्ट्रेलिया भ्रमण रहनुभएको छ । यता, सदरमुकाम फुङ्लिङको मुख्य बजारमै दिनदहाडै यति ठूलो लुटपाट र चोरीको घटना पहिलोपटक भएको स्थानीय बताउँछन् ।

 

नेपाल प्रहरी र सशस्त्र प्रहरीसमेतबाट लुटपाटमा संलग्न अन्यको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

पोखरा:   एकाइसौँ संस्करणको लेखनाथ महोत्सव सफलतापूर्वक अघि बढिरहेको छ । महोत्सवको चौथो दिनसम्म आइपुग्दा दर्शकको उल्लेख्य उपस्थिति देखिन थालेको छ भने त्यसको प्रत्यक्ष प्रभाव स्टल सञ्चालकहरूको व्यापारमा परेको छ । ...

थप पढ्नुहोस्

पोखरा: उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा सञ्चालन भएको १८औँ हिसान स्पोटर््स मिट अन्तर्गत चौथो दिनका खेलहरु जारी रहँदा ब्याडमिन्टन र टेबुल टेनिसका सम्पूर्ण स्पर्धाहरु सम्पन्न भएका ...

थप पढ्नुहोस्

पोखरा:   गोल्डेन ट्र्यांगल अन्तर्राष्ट्रिय बाइक टूर टोली पोखरा आइपुगेको छ । काठमाडौं, चितवन हुँदै पोखरा आइपुगेको टोलीलाई शनिबार पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले स्वागत गरेको छ । एक्सपल्स रा...

थप पढ्नुहोस्